close

धनगढीमाई सरकारद्धारा जग्गा नापजाँचको कार्य सुरु

धनगढीमाई सरकारद्धारा जग्गा नापजाँचको कार्य सुरु

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने समुदायको जग्गा नापजाँचको कार्य सुरु गरेको छ । नगरपालिकाले सोमबारदेखि वडा नम्बर ९ बाट भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको कार्य सुरु गरेको हो । 

राष्ट्रिय भूमी आयोग र नगरपालिकाको समन्वयमा जग्गा नापजाँचको कार्य सुरु गरेको नगरप्रमुख शिव शंकर महतोले बताए । नगर क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी समुदायको पहिचान गरी जग्गा वितरण गरिने उनले सुनाए । 

उनका अनुसार सो कार्य पालिका अन्य वडामा क्रमश सञ्चानल हुने छ । उनले नगर क्षेत्रका सुकुम्बासीकाहरुको बारेमा नगरपालिकाले प्रारम्भिक अनुसन्धान गरेको बताए ।'प्रारम्भिक  अनुसन्धानमा निवेदन माग, निवेदनमाथि अध्ययन र छिटपुट निवेदन माग गर्ने गरिन्छ,' उनले भने, 'सो अनुसन्धानमा वास्तविक सुकुम्बासी नपर्न सक्छ । हालको अध्ययनबाट वास्तविक सुकुम्बासी पहिचान हुने गर्दछ ।' 

सुकुम्बासी पहिचान भएसँगै पालिकामा रहेका सार्वजनिक जग्गालाई वितरण गर्नै उनले बताए । पालिकामा जग्गा नभएमा व्यवस्थित बसोबासका लागि अन्यन्त्र पठाइने उनको भनाई छ । 

उनका अनुसार नगरपालिकाले वडा नम्बर १३ का १०८ जना भूमीहिनलाई गत भदौँ २६ गते लालपूर्जा वितरण गरिएको थियो ।