close

धनगढीमाईमा खाजा खाने समय निर्धारण

धनगढीमाईमा खाजा खाने समय निर्धारण

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले खाजा खाने समय निर्धारण गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै खाजा खाने समय निर्धारण गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार पालिका अन्तर्गतको कार्यालयका कर्मचारी दिउँसो बाहिर खाजा खाने तर समयमा नआउने जनगुनासो आएपछि सो निर्धारण गरेको हो । 

नगरपालिकाको अनुसार दिउँसो १ : ३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरिएको र सोही बमोजिम समय निर्धारण गर्न अनुरोध गरिएको हो । निर्धारित समयमा पालैपाले खाजा खान जान समेत पालिकाले अनुरोध गरेको जनाइएको छ ।