close

घरबाटै सेवा लिन वडा कार्यालयकाे एप

घरबाटै सेवा लिन वडा कार्यालयकाे एप

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका वडा नं‍ १२ ले मोबाइल एप सार्वजनिक गरेको छ ।महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो एपको सार्वजनिक गरेका हुन् ।

नागरिकहरूले प्राप्त गर्ने सेवालाई सहज बनाउँदै घरबाटै सेवा लिने कार्यको सुरुवात गर्ने प्रयत्न स्वरूप मोबाइल एपको विकास गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।  


 एप सार्वजनिक गर्दै प्रमुख आचार्यले महानगरका सेवाहरूलाई वडा स्तरबाटै प्रविधि करण गर्दै लैजाने अभियानको सुरुवात भएको बताए । 'यो पेपरलेस कामको सुरुवात मात्र होइन, नागरिकहरूले प्राप्त गर्ने सेवाका लागि खर्चिने समय र झेल्नु पर्ने कठिनाइहरूको अन्त्य पनि हो,' उनले भने । 

प्रविधिको विकाससँगै सरकारीस्तरबाट प्रदान गरिने सेवामा समेत सुधारको आवश्यकता रहेको बताउँदै उनले नागरिकको जीवनलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिए । सामान्य सिफारिसको सेवाका लागि समेत भौँतारिनु पर्ने अवस्था सदाका लागि अन्त्य गरिने उनले उल्लेख गरे । 

एपमा वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरू उपलब्ध छन् । तत्कालका लागि विवाह दर्ताको सिफारिस, वडा कार्यालयबाट दिइने अन्य सिफारिस लगायत सेवाहरू समावेश गरिएको एपमा थप सेवाहरू विकास गर्दै लगिने वडाध्यक्ष बास्तोलाले बताए ।  यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।