close

आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव संकलन गर्दै हेटौंडा

आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव संकलन गर्दै हेटौंडा

Trulli
ADVERTISEMENT

 मकवानपुर । हेटौंडा उपमहानगरपालिकाद्वारा आगामी आव २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटको लागि जनस्तरबाट सुझाव संकलन गर्न एप सार्वजनिक गरेको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरु तय गर्न सुझाव संकलन गर्नको लागि एप सार्वजनिक गरेको हो । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको योजना निर्माण गर्नको लागि विभिन्न चरणमा विषयगत समितिहरु शाखा र महाशाखागत रुपमा छलफल गर्दै आइरहेको  जनाइएको छ । उपमहानगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवं राजनैतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्यरप्राथमिकता चयन गर्नुपर्ने जनाइएको छ । 

 भएकोले सम्पूर्ण नगरवासीहरुको यस उपमहानगरपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट प्रति आम धारणा एवं महत्वपूर्ण सुझाव संकलन गर्ने निर्णय गरेको छ। उक्त एप प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्‍विटर एकाउन्ट सार्वजनिक गरिएको छ। साथै आम नगरवासीहरुलाई नीति, कार्यक्रम तथा बजेट निर्माणमा सुझाव दिन अनुरोध गरेको छ।