close

व्यवसाय प्रर्वद्धनका लागि साकेलाका महिला समूहलाई रकम वितरण

व्यवसाय प्रर्वद्धनका लागि साकेलाका महिला समूहलाई रकम वितरण

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले महिला कृषक समूहलाई रकम हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी समूहलाई ६ लाख २५ हजार रुपैयाँ नगद वितरण गरेको हो । 

गाउँपालिकाकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रमको वीउपूँजी अनुदान कार्यक्रम अन्तर्गत महिला कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायतको उपस्थितिमा सो रकम वितरण गरेको हो । 

 साकेला वडा नम्बर ४ मात्तिमको समूहका  अध्यक्ष सरीता राईलाई एकमुष्ठ ६ लाख २५ हजार रुपैंया रकम हस्तान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष राईले बताइन् उनले समूहमा आवद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाका दरले व्यवसायिक कार्यका लागि वीउपूँजी रकम उपलब्ध गराएको बताइन् । उनले सो रकम बार्षिक रुपमा वृद्धि गर्नु पर्ने नीति रहेको बताइन् । 

 आफूले प्राप्त गर्ने वीउपूँजी अनुदानबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा लगानी गर्नुपर्ने प्रावधान रहेको गाउँपालिकाले जनाएको छ । सोही अनुरुप सो रकमलाई विभिन्न व्यवसायमा लगानी गरिने समूहका अध्यक्ष राईले बताइन् ।