close

विपन्न परिवारलाई इन्फ्ररेड चुल्हो वितरण

विपन्न परिवारलाई इन्फ्ररेड चुल्हो वितरण

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाले  इन्फ्रारेड  चुल्हो  वितरण गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी  चुल्हो  वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार ३५ देखि ५९ वर्षका अविवाहित एकल महिला, मध्यम र सामान्य अपांगता भएका व्यक्ति र आमाबुबाको संरक्षण र रेखदेखबाट बञ्चित बालबालिकालाई आर्थिक सहायता तथा विपन्न परिवारलाई चुल्हो वितरण गरेको हो । गाउँपालिकाले लक्षित वर्गको जीवनयापनमा सहज बनाउनका लागि सो चुल्हो वितरण गरेको बताए । 

गाउँपालिकाले वडा नम्बर १ का १७ जना विपन्न परिवारलाई र २ स्वास्थ्य संस्थालाई चुल्हो वितरण गरेको जनाएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले सो सामग्री वितरण गरेको जनाइएको छ ।