close

जनताको करबाट गरिने विकास कार्यको यस्तो हरिबिजोग ! (फोटो फिचर)

जनताको करबाट गरिने विकास कार्यको यस्तो हरिबिजोग ! (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौँ । जनताले तिरेको करबाट गरिने विकास निर्माणका कार्यमा कति खेलाँची गरिन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन ।

काठमाडौँको व्यस्त स्थान कालीमाटीस्थित विष्णुमतीको छेवैमा रहेको स्थानमा सर्वसाधारणलाई बस्नका लागि प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठले कुर्सी बनाइ दिएका रहेछन् । तर, त्यो कुर्सी यस्तो ठाउँमा राखिएको छ, जहाँ गएर बस्न कोही रुचाउँदैनन् ।

कुर्सीको वरिपरि नजिकै बन्दै गरेको घरका निर्माण सामग्री थुपारिएका छन् । कुर्सी कै नजिकबाट बटुवाहरू हिँडिरहेका छन् । तर, कुर्सीले आफ्नो उपयोग गर्ने कोही भेट्टाएको छैन ।

यो कुर्सीले हाम्रो गतिछाडा विकासको नमुना पस्किरहेको छ । जनताले तिरेको कर कसरी पानीमा बालुवा खन्याए झैँ भइरहेको छ भन्ने कथा कुर्सी कै वरिपरि, यत्रतत्र छरिएका निर्माण सामग्रीहरूले सुनाउँछन् ।

हामीले यो तस्बिर सांसद श्रेष्ठलाई पनि देखायौँ । उनले सबैभन्दा पहिले तस्बिरका लागि धन्यावाद दिए अनि भने त्यो कुर्सी अन्यत्र कतै राख्न बनाइएको तथा सो स्थान निर्माण भइरहेका कारण अस्थायी रुपमा त्यहाँ राखिएको बताए ।

‘आज भोलि नै त्यो कुर्सी अन्यत्र सारिने छ,’ श्रेष्ठले पालिका खबरसँग भने ।