close

अरूलाई गाली गर्ने हामी सभ्य नागरिक कहिले बन्ने ?

अरूलाई गाली गर्ने हामी सभ्य नागरिक कहिले बन्ने ?

Trulli
ADVERTISEMENT

काठमाडौं । विसं २०७८ जेठ २१ गते शनिबार बेलुका ६ बजे । काठमाडौंको व्यस्त नयाँबानेश्वर चोकमा आकाशेपुल सुनसानजस्तै थियो । सडक जाम नहुन र सुरक्षित सडक पार गर्न बनाइएको पुल सुनसान हुँदा पुलमुनि सवारी जाममा थिए । 

पैदल यात्रीका लागि बनाइएको पुल पर्खाइमा थियो । तर,  पैदलयात्री आकाशे पुललाई बेवास्था गर्दै सडकबाट बाटो काटिरहेका थिए ।पैदलयात्रीलाई आफ्नै टाउकामाथिको पुलबाट हिँड्न धेरै गाह्रो वा पुलबाट हिड्नुपर्छ भन्ने ज्ञानै नभएको जस्तो देखिन्थ्यो । 

तर, सोही बाटो हुँदै सुनधारा जाने ट्याम्पो, अनामनगर हुँदै बालुवाटार जाने बस, अनामनगरबाट शान्तिनर, कात्यानी जाने ट्याम्पोहरू र निजी सवारी साधा पैदल यात्रीका कारण जामममा फसिरहेका थिए । 

त्यो मात्र नभई काठमाडौंको एक स्मार्ट डस्टबिन फोहोर मलाई भन्दै खाली बसिहरेको छ तर स्मार्ट डस्टबिन भएको आसपास जथाभावी फोहोर फ्याँक्नेहरू प्रशस्तै छन् । अझ रोचक त सवारी चालकहरूको शैली छ । दिनभर ड्राइभ गर्दा तिर्खा भोक र तिर्खा लाग्नु अनि पानी र जंकफुड खानु सामान्य हो । तर जहाँ खाइसक्यो त्यहि प्लाष्टिक फाल्नु भनेको नैतिकता भएको नागरिक बन्न सुहाउँदैन होला । त्यो शैली सोही गाडी चढ्ने यात्रुमा पनि देखियो । 

अरूलाई मात्र गाली गर्ने हामीले आफैँबाट सुरुवात गरेर आफूले खाएको बस्तुको खोल डस्टबिनसम्म वा डस्टबिन नभए आफ्नै घरसम्म लैजाने, सडक पार गर्दा जेब्रा क्रसिङ र आकाशे पुलमात्र प्रयोग गरे कति सभ्य देखिन्थ्यो ? 

थप तथ्य फोटोमा हेर्नुस्