close

उपमेयर डंगोलको सहभागितामा रक्तदान चेतना र्‍याली (फोटो फिचर)

उपमेयर डंगोलको सहभागितामा रक्तदान चेतना र्‍याली (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । ब्लड डोनर्स नेपालको आयोजनामा आज रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । 

यही जुन १४ मा हुने विश्व रक्तदान दिवसको पूर्वसन्ध्यामा बुधबार ब्लड डोनर्स नेपालले जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । 

बुधबारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । 

जनचेतना र्‍यालीको रुपमा बसन्तपुरदेखि सुरु भई सिद्धिचरण चोक, शीदेवल,भीमसेनस्थान, मरु हुँदै पुन: बसन्तुरमा आएर समापन गरिएको आयोजकले जनाएको छ ।