close

यसरी नियन्त्रण गरियो भृकुटीमण्डपको आगलागी (फोटोफिचर)

यसरी नियन्त्रण गरियो भृकुटीमण्डपको आगलागी (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । भृकुटीमण्डपमा बुधबार आगलागी हुँदा करोडौंको क्षति भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार ३० करोडभन्दा बढीको क्षति भएको हो । समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको हो । 

गोदाममा राखिएका ह्वीलचेयरहरू, कृत्रिम खुट्टा तथा हातहरू जलेका छन् । बुधबार दिउँसो लागेको आगो नेपाली सेना, नेपाली प्रहरी र स्थानीयवासीसहित दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन ।

हेर्नुस् नियन्त्रणका थप तस्बिरहरू