close

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । आज साउनको पहिलो सोमबार । हिन्दु महिलाहरूका लागि विशेष दिन हो । 

सात्विक खानपान र हरियाली चुरा पोतेजस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबारको विशेष महत्त्व छ । 

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । विशेषगरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार शिव मन्दिरमा ब्रतालुको भीड लाग्ने गर्छ । 

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि ब्रतालुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि भीड लागेको हो ।

आज पशुपतिनाथ मन्दिरमा देखिएको ब्रतालुको भीड :-