close

यसरी बनाइन्छ पाला (फोटो फिचर)

यसरी बनाइन्छ पाला (फोटो फिचर)

Trulli
ADVERTISEMENT

भक्तपुर । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहार नजिकिएसँगै भक्तपुरको प्रजापति समुदायलाई माटाको भाडा बनाउन भ्याइनभ्याइ छ । 

तिहारमा पाला(दीयो), धुपौरो, ठेकी, भिउँटे लगायतको भाँडाको माग बढी हुने भएकोले बजार राम्रो छ । गतवर्षको तुलनामा यस वर्ष माग बढी भएको उनीहरूको अनुभव छ । 

तिहारमा माटाको पालामा बत्ती बालेमा धनकी देवी लक्ष्मी भगवान् प्रसन्न हुने मान्यता छ । सोही मान्यता अनुरुप घरको दैलोदेखि भित्र कोठा, झ्याल र ढोकाहरूमा दीयो बालिन्छ । क्तपुरको लिवाली, थिमि, तालक्वलगायतको विभिन्न स्थानमा प्रजापति समुदायले माटाको भाडा बनाउँदै आएका छन् । 

यहाँको पालाले उपत्यकासहित विभिन्न जिल्लामा बजार पाए पनि माटाको अभावले व्यवसाय संकटमा रहेको व्यवसायी बताउँछन् ।