close

हरिहरपुरगढीमा वडावडामा सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्य शिविर

योजना शाखा प्रमुख राजु उप्रेतीका अनुसार तीन वडामा संचालित एकीकृत घुम्ती शिविरबाट ४५ वटा योजना सम्झौता सम्पन्न भएका छन्

हरिहरपुरगढीमा वडावडामा सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्य शिविर

योजना शाखा प्रमुख राजु उप्रेतीका अनुसार तीन वडामा संचालित एकीकृत घुम्ती शिविरबाट ४५ वटा योजना सम्झौता सम्पन्न भएका छन्

Trulli
ADVERTISEMENT

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाले वडागत रुपमा सामाजिक भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा  सिटिजन्स बैंकको सहकार्यमा वडागत रुपमा शिविर सञ्चालन गरेको हो । 

गाउँपालिकाको अनुसार कार्यपालिकाको बैठकको निर्णय अनुरुप सो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाको स्रोत र साधनको प्रयोग गरी सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिए । 

उनले लाभग्राहीको सहजताको लागि वडावडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले हालसम्म वडा नम्बर १, ६, ७ र ८ का लाभग्राहीलाई दोस्रो त्रैमासिकको समाजिक भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । बाँकी रहेको वडा नम्बर २, ३, ४ र ५ का लाभग्राहीलाई पनि क्रमश वितरण गरिने उनले पालिकाखबरलाई बताए । 

जेष्ठ नाागरिकको स्वास्थ्य अवस्थामा सुधार तथा स्वस्थ्य राख्नको लागि सो कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिकाभित्र १९३० जना लाभग्राही रहेको अध्यक्ष वाइबाले बताए । वडा ६,७ र ८ मा सम्पन्न एक दिने एकीकृत घुम्ति शिविरमा योजना सम्झौताका साथै कृषि र पशुको शिविर समेत संचालन गरिएको योजना शाखा प्रमुख राजु उप्रेतीले जानकारी दिए । उनका अनुसार उक्त तीन वटै वडाबाट ४५ वटा योजना सम्झौता सम्पन्न भएका छन्।

तस्वीर: सामाजिक सञ्जालबाट