close

रानी पोखरीको अनुगमनमा उपप्रमुख डंगोल

रानी पोखरीको अनुगमनमा उपप्रमुख डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले जमल क्षेत्रको अनुगमन गरेकी छिन् । उपप्रमुख डंगोलसहित अनुगमन समितिले सो क्षेत्रको अनुगमन गरेको हो । 

उपपप्रमुख डंगोलको अनुसार मंगलबार रानीपोखरी, जमल, असनलगायतको क्षेत्रको अनुगमन गरेको हो । उनले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छिन्,  'सर्वसाधारणको लागि विहान ६ बजे देखि ८ बजेसम्म रानीपोखरी जान खुल्ला गरिएपछि सर्वसाधारणको भीड बढेको देखिएको छ । सर्वसाधारणहरुको प्रतिक्रिया बुझ्न तथा बस्तुस्थितीको जानकारी लिन आज विहान रानीपोखरी, जमल,  असन आदि स्थानको समेत अनुगमन गर्दै ।'

अनुगमनका तस्बीरहरु

तस्वीर: उपप्रमुख सुनीता ड‌ंगाेलकाे सामाजिक सञ्जालबाट