close

५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन वितरण (तस्वीरसहित)

५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन वितरण (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना  गरी मेसिन वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत बजेट अनुरुप स्थानीय किसानलाई सो मेसिन वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले सो सामग्री वितरण गरेका हुन् । 

गाउँपालिकाका अध्यक्ष यादवका अनुसार पालिकाले ५२ जना कृषकलाई सो मेसिन वितरण गरेको हो । गाउँपालिका र कृषकको ५०/५० प्रतिशत लागत साझेदारीमा मेसिन वितरण गरिएको उनले बताए । 

तस्वीर: रुपनी गाउँपालिकाकाे सामाजिक सञ्जालबाट साभार