close

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

Trulli
ADVERTISEMENT

सुर्खेत। वीरेन्द्रनगरका सडक राता मनै लोभ्याउने गुलमोहर फूलले सजिएको छ।  फ्रान्समा ‘स्वर्गको फुल’ भनेर उपमा दिइएको यो फूलले वीरेन्द्रनगरका सडक भरिभराउ भएका छन्। 

अन्य मौसममा खाली जस्तै हुने सडकका किनारमा फूल फुलेपछी सबैको ध्यान खिचेको छ। सडकका दुई किनारामा लाईनबद्ध रोपिएका यि फूलसँग रमाउनेको भिड नै लागेको देख्न सकिन्छ। समग्रमा भन्दा गुलमोरकले वीरेन्द्रनगरको सोभा नै बढाएको छ। कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा यी फूलहरु ढकमक्क फूलेका छन्। 

यस फूलको बोट मुनी बस्ने हो भने आकाशले नै रातो पछ्यौरी ओढीरहेको जस्तो भान हुन्छ। बसन्त ऋतु लागेसँगै घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैनन्। अझ वीरेन्द्रनगरका युवायुवतीको तस्बीर खिच्ने र टिकटक बनाउने पहिलो रोजाइ नै सडकका गुलमोहर फूल बनेका छन्। 

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर थुप्रै पर्यटकिय सम्भावना रहेको क्षेत्र हो। यहाँ गुलमोहरका विरुवालाई अझै रोपेमा यसले पर्यटकलाई थप आकर्षित पार्न सक्ने स्थानीय बताउँछन्। 

 

सुर्खेतको वीरेन्द्रनगरका सडक छेउमा ढकमक फुलेका गुलमोहर। तस्बिर: जितेन्द्र थापा ।