ओझेलमा बैतडीको पञ्चदेवल शिवधाम


  • change font
  • change font
  • change font

बैतडी- बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ मा रहेको पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिर  ऐतिहासिक र धार्मीक महत्व बोकेको क्षेत्र हो । सुदूरपश्चिम प्रदेशकै एक महत्वपूर्ण धार्मीक स्थलको रुपमा यस क्षेत्रलाई लिइलने गरिन्छ । 

 

बैतडीको जिल्ला सरदमुकाम नजिकै रहेको यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा लिइन्छ । साथै यस क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । तर, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पञ्चदेवल प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । 

 

द्वापर युगमा पाण्डवहरू वनवास गएको समयमा घुमफिर गदै देवलहाट भएको ठाउँमा बास बस्न आईपुगेका र उनीहरूले यस ठाउँमा एकै रातमा शिवलिङ्गको स्थापना गरी शिवको मन्दिर बनाएको किम्बदन्ती छ । 

 

यो ठाउँलाई पञ्चदेवल भनिए पनि यहाँ सातवटा देवल छन् । पाण्डवले वनबासको समयमा बनाएका हुनाले पञ्चदेवल भनिएको हो । यहाँ कुन्ती र द्रौपतीका लागिसमेत दुईवटा अलग देवल रहेका छन ।