close

प्रचण्डले गठबन्धनविरुद्ध मागे मत

प्रचण्डले गठबन्धनविरुद्ध मागे मत

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धन गरी चुनावी  माहोलमा होमिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कैलालीको कैलारी पुगेर गठबन्धनविरुद्ध बागी उम्मेद्वारका लागि मत  मागेका छन् । 

 

सोमबार कलौरीमा पुगेका उनले गठबन्धनविरुद्ध उम्मेद्वारी दिएका उम्मेद्वारलाई भोट मागेका हुन् । 

 

गठबन्धनमा आबद्ध दलहरूबीच कैलालीको कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । 

 

माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेद्वारी दिएका थिए । 

 

उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेद्वारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेद्वार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । 

 

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेद्वार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेद्वार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु,’ उनले भने, ‘उहाँहरूको टिमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

 

उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपाईंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेद्वार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेद्वारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’