close

पोखरामा के भने ओलीले गठबन्धन र माधव नेपाललाई ?

पोखरामा के भने ओलीले गठबन्धन र माधव नेपाललाई ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् ।

 

सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्  ।

 

‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । ‘यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसद्मा सरकार जन्मिन्छ, संसद्ले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिँदैन ।’

 

ओलीले गठबन्धनलाई यसअघि पनि पटक–पटक गठबन्धनलाई अवैधानिक र झाडीमा फालिएको भनी कटाक्ष गर्दै आएका छन् । 

 

त्यसैगरी, उनलओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको फर्सीको संज्ञा दिँदै वैशाख ३० पछि को सकिँदो रहेछ हेर्न चेतावनीसमेत दिएका छन् । 

 

सो क्रममा माधव नेपालमाथि ओलीले ‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधानमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे । वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’