close

बाबुराम भट्टराई भन्छन्- गठबन्धन सधैँ हिलोको किलो झैं

बाबुराम भट्टराई भन्छन्- गठबन्धन सधैँ हिलोको किलो झैं

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनले देश र जनताको हित नगर्ने बताएका छन् ।

विपरीत वैचारिक-राजनीतिक गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने भट्टराईको तर्क छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले भनेका छन्, 'विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने र केही महत्वकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ ।'

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहँदा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

'विपरीत वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धनले दीर्घकालमा देश र जनताको हित नगर्ने' उनको दाबी छ । 

साथै भट्टराईले 'दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोच्न' आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘विपरित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन ।'