close

जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नयाँ र फरक काम गर्न सिके राउतको निर्देशन

जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नयाँ र फरक काम गर्न सिके राउतको निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधीहरूलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन्। 

उनले अन्य पार्टीका नेता कार्यकर्ताजस्तो आफूलाई शासक नठानी जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आईतबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन् । 

जनताको घर-घरमै गएर सेवा दिनु पर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गरेर काम गर्नसमेत डा राउतले आग्रह गरे । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरूले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यक्रतालाई डा. राउतले आग्रह गरे ।

उनले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउँदै अधिकांश स्थानमा थोरै मातान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडि परेको उल्लेख गरेका छन् । आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा राउतको आग्रह रहेको छ ।

पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सहयोग पुर्‍याउने र मतदान गरी जनमतका उम्मेदवार विजय हुने सबैलाई धन्यवाद दिएका छन् । 

जनमत पार्टीले एक नगरपालिका र एक गाउँपालिका तथा १९ वटा वडामा जित हासिल गरेकी थियो ।