close

गठबन्धनमा इमान्दारिता देखिएन : माधव नेपाल

गठबन्धनमा इमान्दारिता देखिएन : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा इमान्दारिता नदेखिएको आरोप लगाएका छन् । 

मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै नेकपा एसका अध्यक्ष नेपालले गठबन्धनमाथि यस्तो आरोप लगाएका हुन् । तर, आरोप लगाउँदै उनले अब परिपक्व गठबन्धन बनाउनुपर्ने बताएका छन्।

'स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले दुई दल मिले अरू किन चाहियो? भन्ने व्यवहार समेत देखाएका छन्। हामीले चाहेर मात्रै गठबन्धन हुँदैन। तर अब गठबन्धन हुँदा आत्मसम्मान जोगाउने गरी इज्जतिलो गठबन्धन हुनुपर्छ भनेर उहाँले भन्नुभएको छ,'नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने,'अब गृहकार्यविहीन अपरिक्वतालाई अन्त्य गरी गृहकार्य गरेर व्यवस्थित गठबन्धन हुनुपर्छ।'