close

बजेटले सबै क्षेत्र समेटेको छ : अष्टलक्ष्मी शाक्य

बजेटले सबै क्षेत्र समेटेको छ : अष्टलक्ष्मी शाक्य

Trulli
ADVERTISEMENT

हेटौँडा ।  बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताएकी छन् । 

बजेट प्रस्तुतपछि प्रतिक्रिया दिने क्रममा उनले बजेटले सबै क्षेत्र समेटेको तर कार्यान्वयन गर्न भने समस्या हुने बताइन् । ठूलो आकारको बजेट र सबै क्षेत्र समेटिएको भए पनि प्रदेश सरकारको काम गर्ने समय नै कम भएका कारण कार्यान्वयन हुन कठिन पर्ने उनको तर्क छ । 

उनले भनिन्, “अब पाँच/सात महिना बाँकी छ सबै क्षेत्रमा काम गर्छु भनेको छ समय छैन कसरी सम्भव हुन्छ  ।” यद्यपि बजेट भने राम्रो भएको उgको भनाइ छ ।
 
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रस्तुत बजेटले प्रदेशको मुहार फेर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रमा बजेटले सम्बोधन गरेको उहाँको भनाइ छ । 

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले प्रस्तुत बजेटमा त्रुटि भएको बताए । उनका अनुसार प्रदेशको निम्न आय भएको जनतालाई बजेटले नछोएको बताए । 

त्यसैगरी रोजगारीका लागि ठोस कुरा नआएको उनले बताउनुभयो । साथै नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय कटौतीको कुरा गरेको भए पनि बजेट नतोकिएका कारण प्रभावकारी नभएको उनको तर्क रहेको छ ।