close

जिसस रुपन्देहीको प्रमुखमा उमाकान्त विजयी

जिसस रुपन्देहीको प्रमुखमा उमाकान्त विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याई विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०,ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन ।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले रुपन्देहीले जनाएको छ ।