close

व्यस्त रुकुपपश्चिमका स्थानीय सरकार

व्यस्त रुकुपपश्चिमका स्थानीय सरकार

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम । रुकुपपश्चिमका पालिका गाउँटोलमा योजना तर्जुमा , गोष्ठी र सुझाव संकलनका लागि  जुटेका छन् । 

असार १० गते स्थानीय तहले ल्याउने बजेट ल्याउनुपर्ने बाध्यता र सोभन्दा अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले जिल्लाका स्थानीय सरकार व्यस्त भएका हुन् । 

त्यसका लागि उनीहरू गाउँ, नगरसभाका लागि  वडा, टोलस्तरबाटै सुझाव सङ्कलनमा जुटेका छन्।

रुकुमपश्चिममा ६ स्थानीय तहमध्ये तीन गाउँपालिका र तीन नगरपालिका छन् । ६ वटै पालिकामा यतिबेला नीति तथा कार्यक्रमका लागि छलफल तीव्र रुपमा सुरु गरिएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले असार १ गते  बजेट प्रस्तुत गरिसकेका छन् ।

संवैधानिक प्रावधानअनुसार यही असार १० गते ७५३ वटै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्नेछ । टोल तथा वडा स्तरबाट योजना ल्याउन विभिन्न टोलहरुमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन् । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले  नीति तथा कार्यक्रमका लागि टोल स्तरबाटै छलफल सुरु गरेको छ । शिक्षा स्वास्थ्य , कृषि र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखी सानीभेरीमा असार १० गते गाउँसभा गर्ने गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिस्टले जानकारी दिए । 

‘योजना छनोटका लागि सर्वपक्षिय, सर्वदलीय र आमसर्वसाधारण सम्बन्धित सरोकारवालाहरूबीच छलफल भएको छ । उहाँहरुले सङ्कलन गरेका सुझावअनुसार योजना तथा बजेट निर्माण गर्ने कार्यक्रम ल्याएका छौँ,’ अध्यक्ष विष्टले भने,' सुझाव सङ्कलनका  लागि कर्मचारी , जनप्रतिनिधी वडास्तरदेखि नै खटिएका छौँ। सङ्कलित सुझावमाथि छलफल गरी गाउँ सभाको तयारीमा जुटेका छौँ ।’  

त्रिवेणी गाउँपालिका पनि आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम , बजेट निर्माण कार्यक्रममा जुटेको छ । पालिका अध्यक्ष गणेशकुमार केसी भन्छन्, समयमै गाउँसभा गर्ने तयारीमा छौँ । यही असार ७ गते गाउँ कार्यपालिकाको बैठक बस्छौँ  बैठकमा गाउँ, टोलबाट आएका सुझावहरु  छलफल गरेर गाउँसभा गर्ने तयारी छ ।

बाँफिकोट गाउँपालिकाले पनि गाउँसभाको तयारी पूरा गरेको छ । गाउँपालिकाले समयमै नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारीमा जुटेको अध्यक्ष जनककुमार बाठाले बताए । पालिकाभित्रका लागि योजना छनोट गरी छलफल भइरहेको बाठाले जानकारी दिए । 

त्यसैगरी, आठबीसकोट नगरपालिकाले असार १० गते नगरसभा गर्ने तयारी भइरहेको जनाएको छ । नगरसभाको तयारीमा जुटेको नगरपालिकाले असार ४ गतेभित्र योजना तथा कार्यक्रम पेस गर्न सबै वडा कार्यालयलाई निर्देशन दिइएको जनाएको छ । 

असार ४ गतेभित्र वडा, गाउँ टोलबाट कार्यक्रम तथा योजना छनोट गरी  पठाइसक्न निर्देशन गरिएको छ । सोही अनुसार छलफल भइरहेको नगरप्रमुख रवि केसी बताउँछन्,  उनी भन्छन्, यसपटक  कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।'

कृषिलाई जोड दिएर आगामी असार १० गते गर्ने नगरसभाका लागि विभिन्न क्षेत्रलाई समेटेर सबै क्षेत्रका  सरोकारवालासँग छलफल गरी नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको नगरप्रमुख केसीले बताए । 

त्यसैगरी, चौरजहारी र मुसिकोट नगरपालिका पनि नगरसभाको तयारीमा जुटेका छन् । कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी लगायत काकार्यक्रमलाई निरन्तर दिई नगरसभाको तयारीमा पालिका जेटेका हुन् । 

रुकुमपश्चिमका अधिकांश पालिकाले यसपटकको बजेटमा  'कृषि शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छन्,’ कृषि , शिक्षा , स्वास्थ्य र पूर्वाधारबाटै पालिकामा दीगो विकास हुने र प्रत्यक्ष नागरिकसँग जोडिएको हुँदा बजेटमा पहिलो प्राथमिकतामा राखिएको जनप्रतिनिधिको भनाइ छ ।