close

केही घन्टामै मन्त्री हेरफेर गर्नुपर्छ : एकीकृत समाजवादी

केही घन्टामै मन्त्री हेरफेर गर्नुपर्छ : एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारले केही घन्टामै अफ्नो पार्टीले मन्त्रीका लागि सिफारिस गरेकाहरुलाई मन्त्री बनाउनुपर्ने बताएका छन् । 

समाजवादीले आफ्नो भागमा परेका मन्त्रालयमा पार्टीबाट मन्त्री हेरफेरका लागि सिफारिस गरे पनि प्रधानमन्त्रीले विभिन्न बाहनामा पन्छाइरहेका बेला प्रचार विभाग प्रमुख खतिवडाले यस्तो बताएका हुन् । 

‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ,’उनले भने। 

यसअघि एकीकृत समाजवादीले पार्टीले औपचारिक रुपमा मन्त्री हेरफेरका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । 

यस्तै, यसअघि झलनाथ खनालले यसअघि एकीकृत समाजवादीको निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नेपर्ने माग गर्दै आएका छन् ।