close

घूस काण्डमा मुछिएका न्यायाधीश र कानुन व्यवसायीलाई कारबाही गर्न राप्रपाको माग

घूस काण्डमा मुछिएका न्यायाधीश र कानुन व्यवसायीलाई कारबाही गर्न राप्रपाको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घूस काण्डमा मुछिएका न्यायाधीश राजप्रसाद कोइराला र  बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एव‌ं कानुन व्यवसायी रुद्र प्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको छ । 

राप्रपाले बिहीबार न्याय परिषदलाई बुझाएको पत्रमा पत्र बुझाइ सो माग गरेको हो । 

राप्रपाका एकजना प्रवक्ता ज्ञानेन्द्र शाहीले न्याय परिषदलाई बुझाएको पत्रमा कोइराला र पोखरेलबीच घूस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको भन्दै न्याय परिषदलाई पत्र लेखेर उनीहरूलाई कारबाही गर्न राप्रपाले माग गरिएको  छ । 

न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायिक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्नुपर्ने  राप्रपाले भनेको छ । 

पत्र बुझाउँदै शाहीले भनेका छन्, ‘ एउटा फुटपाथमा कपडा बेच्नेलाई हिरासतमा लगेर अनुसन्धान गर्न मिल्ने, करोडौं रकमको घुस बार्गेनिङ गर्ने न्यायाधीशलाई हिरासतमा लगेर किन अनुसन्धान गर्न नहुने ?’