close

को-को छन्, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमितिमा

को-को छन्, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमितिमा

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

जसमा सभापति रवि लामिछाने आफैँ र प्रवक्ता मुकुल शर्मा भनी पद छुट्याइएको छ भने अन्यको नाम सदस्यमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

यस्तै निर्वाचन आयोगमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार दर्ता गरेको थियो ।