close

रञ्जु दर्शनाले गरिन् उम्मेदवारी घाेषणा

रञ्जु दर्शनाले गरिन् उम्मेदवारी घाेषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-५ बाट रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार काठमाडौं-५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’शुक्रबार राति गरेको घोषणामा भनेकी छन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।'

२०७४ सालमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए ।