close

उपसभामुखको निर्वाचन आज

उपसभामुखको निर्वाचन आज

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ । 

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ । र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ। 

प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । जसमध्ये सत्तारुढ गठबन्धनसँग १५४ सांसद छन् भने एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि १३६ सांसदको मत आवश्यक पर्छ । 

६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।