close

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी खोटाङ राखेपछि गभर्नर महाप्रसाद अधिकारी विवादमा परेका छन् । 

यस विषयमा आज बिहान बालुवाटारमा सम्पन्न  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा नेताहरूले यसबार कुरा उठाएका थिए । 

त्यसक्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

साथै उक्त बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति दिएको छ । एक नेताका अनुसार गठबन्धनले सहमति गरिसकेकाले अब मन्त्रिपरिषद‍्ले पास गरेर संसदमा आजै दर्ता हुने सम्भावना छ ।