close

सरकारले एक वर्ष खेर फाल्यो : एमाले (पूर्णपाठसहित)

सरकारले एक वर्ष खेर फाल्यो : एमाले (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  सरकारले एक वर्षको समयावधि खेर फालेको बताएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्चको परमादेशको आदेशबमोजिम प्रधानमन्त्री बनेको एक वर्ष पुगेको भोलिपल्ट नेकपा एमालेले यस्तो आरोप लगाएको हो ।  २०७८ साल असार २८ को सर्वोच्चको आदेशबमोजिम शेरबहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।’

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।

‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।