close

उपसभामुखमा भुसाल विजयी

उपसभामुखमा भुसाल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । उपसभामुख पदमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

लामो समय खालि रहेको सो पदका लागि शुक्रबार प्रतिनिधिसभामा भएको मतदानमा भुसाल १४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । 

यस्तै, भुसालको जितसँगै नेकपा एमालेबाट सो पदमा प्रतिस्पर्धामा उत्रिएकी विद्यादेवी भण्डारीका सम्बन्धमा निर्वाचन गर्नु परेको थिएन । शुक्रबार २४२ सांसद उपस्थित भएका थिए । जसमध्ये नेमकिपाका सांसद प्रेम सुवाल तथस्ट बसेका थिए ।

प्रतिनिधिसभा बैठकमा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर देवप्रसाद गुरुङले प्रस्ताव र लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका थिए भने विद्या भट्टराईको प्रस्तावकमा शान्ता चौधरीले र सर्मथकमा कृष्णभक्त पोखरेल थिए ।

नेपालको सविधान २०७२ मा सभामुख र उपसभामुख पदमा फरक दल र फरक लिंग हुनुपर्ने व्यवस्था छ । राजनीतिक खिचातानीका कारण झन्डे साढे दुई वर्षदेखि सो पद खाली थियो ।