close

१०० सिटभन्दा कममा गठबन्धन गर्न सकिँदैन : कोइराला

१०० सिटभन्दा कममा गठबन्धन गर्न सकिँदैन : कोइराला

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा १०० सिटभन्दा कममा गठबन्धन गर्न नसक्ने बताएका छन् ।

नेपाली का‌ंग्रेसद्वारा माेरङमा भएको  एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा नेता कोइरालाले नेपाली कांग्रेस कमजोर नरहेको बताउँदै १०० सिटभन्दा कममा गठबन्धन गर्न नसकिने बताएका हुन् । 

कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

यस्तै, उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।