close

१६५ मध्ये ११० निर्वाचन क्षेत्रमा जुट्यो गठबन्धनबीच सहमति

१६५ मध्ये ११० निर्वाचन क्षेत्रमा जुट्यो गठबन्धनबीच सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धन दलबीच कुल १६५ निर्वाचन क्षेत्रमध्ये ११० सिटमा सहमति जुटेको छ । 

विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन उल्लेखित सिट संख्यामा सहमति जुटेको हो । 

दलहरुको एउटा मात्र दाबी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा कांग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ ।

गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।

अब दलहरूलाई समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउन केन्द्रित हुन बाटो खुलेको छ ।