close

चितवनबाटै उम्मेदवार बन्न प्रचण्डलाई अनुरोध

चितवनबाटै उम्मेदवार बन्न प्रचण्डलाई अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन उम्मेदवार जिल्लाका बन्न गठबन्धनभित्रका दलहरूले अनुरोध गरेका छन् । 

दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहालका विरुद्धमा सामाजिक सञ्जालमा आएका विषयले गठबन्धनका दलहरूको ध्यानाकर्षण भएको निर्णय गरेको छ ।  दलहरूको  संयुक्त बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, “नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नम्बर ३ छाडेर अन्यत्र जाने भन्ने सामाजिक सञ्जाल तथा मिडियामा आएको खबरले हाम्रो ध्यानाकर्षण भएको छ । दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उम्मेदवार बन्न  आग्रह गरिएको छ । ”

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई/दुई जनाका दरले तयारी समितिसमेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रदेश तथा सङ्घीय निर्वाचनका लागि तयारी समिति गठन गरिएको र आसन्न निर्वाचनलाई उत्साहजनक बनाउन कुनै कसर बाँकी नराख्ने जनाइएको छ । साथै बैठकले गठवन्धन दलका नेता तथा कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका जिल्लाअध्यक्ष रामचन्द्र अधिकारी, नेकपा समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय  जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति  थियो ।