close

मनीषाको सम्बोधन आज काठमाडौँमा, राप्रपालाई साथ

मनीषाको सम्बोधन आज काठमाडौँमा, राप्रपालाई साथ

Trulli
ADVERTISEMENT

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले स्याङ्जाको वालिङमा सम्बोधन गर्ने भनिएको राप्रपाको चुनावीसभा स्थगित भएको छ । तर, राप्रपाले आज काठमाडौँमा आयोजना गर्न लागेको आमसभा भने अभिनेत्री कोइरालाले सम्बोधन गर्ने भएकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको राप्रपाले  काठमाडौँमा आमसभा गर्न लागेको हो ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लगिएको हो । सो आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसँगै पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेशसभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उम्मेदवार खडा गर्ने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डन्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ।