close

सिञ्जा र कनकासुन्दरीमा नमूना मतदान

सिञ्जा र कनकासुन्दरीमा नमूना मतदान

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । 

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन नमुना मतदान गरिएको जुम्लाका जिल्ला निर्वाचन कार्यालयका  प्रमुख महेश शर्माले जानकारी दिए । जिल्लाका सबै स्थानिय तहको वडामा मतदाता शिक्षा सञ्चालन भएको उनले बताए । 

शुक्रबार सिंजामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भयो । यस्तै, कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अविन्नद चौलागाईंले बताए ।  

८५ जना सहभागी भएको नमूना मतदानमा २० ओटा मत बदर भएका छन् । छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाउँदा ति मतपत्र बदर भएको पाइएको छ । 

कारागारबाट भोट हाल्दै

यस प्रतिनिधि तथा प्रदेश चुनावमा जुम्ला जिल्ला कारागारबाट १४ जना कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन् । नेपाल सरकारले कैदीबन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । 

कारागारमा रहेका एक सय सात कैदीबन्दी मध्ये १४ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने भएको कारागार प्रमुख विष्णुबहादुर महतले बताए । 

जुम्लामा कुल ६८ हजार ६३८ मतदाता छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल १ सय ६ मतदान केन्द्र छन् ।