close

आज मध्यरातदेखि स्थिर समय

आज मध्यरातदेखि स्थिर समय

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि चुनावको मौन अवधि अर्थात् स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने जनाएको छ। निर्वाचन आयोगका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय (मौन अवधि) सुरु हुने छ।

यो अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था छ। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत यो जानकारी दिएका हुन्।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन। यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ।