close

आयोगले माओवादीसँग माग्यो खाना खुवाएको बिल र स्पष्टीकरण

आयोगले माओवादीसँग माग्यो खाना खुवाएको बिल र स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले गत मंगलबार चितवनमा नेकपा माओवादी केन्द्रको जनप्रदर्शनका क्रममा सहभागीलाई खाना खुवाइएको प्रमाणित बिल मागेको छ।

खाना खुवाउने होटल रोयल सेन्चुरी र माओवादी केन्द्र जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाएर बिल मागेको हो। गत कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन निर्देशन दिएको आयोगले पुष्टि गरेको छ। आयोगले माओवादीका जिल्ला अध्यक्षसँग यस विषयमा २४ घन्टे स्पष्टीकरण समेत सोधेको छ।

माओवादीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा “बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ” भन्ने व्यहोरा उल्लेख गरेर सामग्री पोस्ट गरेका थिए। सोही आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।