close

आजैदेखि मतगणना, आठ दिनमा सबै नतिजा

आजैदेखि मतगणना, आठ दिनमा सबै नतिजा

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाका लागि जारी मतदान प्रक्रिया सकिएपछि आजैदेखि मतगणना सुरु गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज भइरहेको संसदीय चुनावमा ७० प्रतिशत बढी मत खस्ने दाबी समेत गरेका छन्।

आइतबार बिहान मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्र मत खसालेपछि थपलियाले यो कुरा बताएका हुन्।

साँझ ५ बजे मतदान सकिएपछि ७ बजेसम्म मत पेटिका संकलनको काम गर्ने र ८-९ बजेदेखि मतगणना सुरु गर्ने योजना रहेको उनले जानकारी बताए।

‘सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना हुन्छ। ८ दिनमा सबै नतिजा सार्वजनिक गरिसक्ने योजना छ,’ थपलियाले बताए।