close

निर्वाचन मतपरिणामः कुन क्षेत्रमा कसले जिते ?

निर्वाचन मतपरिणामः कुन क्षेत्रमा कसले जिते ?

Trulli
ADVERTISEMENT

काठमाडौं । गत आइतबार केहीबाहेक मुलुकका अधिकांश स्थानमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै मुलुकभरका अधिकांश स्थानको मत गणना भइरहेको छ । विगत तीन दिनदेखि जारी मतगणना अनुसार बुधबारसम्म दिउँसो ४ बजेसम्म २९ सिटको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । 

सार्वजनिक भएको मत परिणाम अनुसार हालसम्म नेपाली कांग्रेसले सबैभन्दा धेर सिट जितेको छ । नेपाली कांग्रेसले १३ सिट, नेकपा एमालेले ५ स्थान जितेको छ । हालसम्म तेस्रो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट हासिल गरेको छ । 

नेकपा माओवादीले २ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र एकिकृत समाजवादी पार्टीले क्रमश १ १ सिट जितेको छ । यसै गरी अन्यले दुई सिट जितेको छ । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, काठमाडौं ३ मा  सन्तोष चालिसे, काठमाडौं ४ मा गगन थापा, काठमाडौं ५ मा प्रदीप पौडेल,  काठमाडौं १० मा राजन केसी,  मनाङबाट टेकबहादुर गुरूङ, मुस्ताङबाट योगेश गौचन, तनहुँ २ शंकर भण्डारी, सुर्खेत २ मा हृदयराम थानी, ललितपुर १ मा  उदयशमशेर राणा,  पर्सा ४ मा रमेश रिजाल, डडेल्धुरामा शेरबहादुर देउवा र रसुवामा मोहन आचार्य जितेका छन् । 

नेकपा एमालेतर्फबाट  ललितपुर २ मा प्रेमबहादुर महर्जन,  काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ डम्बरबहादुर रायमाझी,  गुल्मी २ गोकर्ण बिष्ट र  ताप्लेजुङमा योगेश भट्टराई जित हासिल गरेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट  काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ,  काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ६ मा शिशिर खनाल निर्वाचित भइसकेका छन् । 

माओवादी केन्द्रबाट  सिन्धुली २ मा लेखनाथ दाहाल र  रूकुम पूर्वमा पूर्णबहादुर घर्तीले जित हासिल गरेका छन् । 

 नेकपा एकीकृत समाजवादीबाट अछाम २ मा शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाँके२ म धवलशमशेर राणा विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टी  कैलाली ३ मा  गंगाराम चौधरी विजयी भएका छन् । 

बर्दिया २ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । उनी रेशम चौधरीका बुबा हुन् । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी निर्वाचित भएका छन् ।