close

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

रामेछाप। रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा  गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)विजयी भएका हुन् । 

 कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । तामाङका  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गरेका छन् ।
 
एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् ।  प्रयस्तै प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् ।