close

१०० मत नपाउने कर्णालका उम्मेदवार

१०० मत नपाउने कर्णालका उम्मेदवार

Trulli
ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा झण्डै दुई दर्जन उम्मेदवारले १०० मत समेत कटाउन सकेका छैनन् । १० जिल्लाबाट १९० जना उम्मेदवार रहेको कर्णालमा २२ जनाले १०० मत समेत पाउन सकेका छैनन् ।  

सुर्खेत १ मा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले) ले  २९ मत प्राप्त गरेका छन् । सुर्खेत २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपुल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले ५० मत, दैलेख १ मा उम्मेदवारी दिएका कांग्रेस बीपीका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे । 

कालिकोटबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार स्वतन्त्र उम्मेदवार (सूर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाएका छन् । डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो)ले जम्मा १० तथा नेकपा मार्क्सवादी (पुष्पलाल) पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् । 

यस्तै ११६ प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् । सुर्खेत १ (क) उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्पराज रानाले २३ मत पाए  । सुर्खेतकै १ (ख) मा नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देवबहादुर चन्दले नौ मत पाए ।