close

नगरप्रमुख बालेन र पूर्वमन्त्री बस्नेतबीच भेटर्वार्ता

नगरप्रमुख बालेन र पूर्वमन्त्री बस्नेतबीच भेटर्वार्ता

Trulli
ADVERTISEMENT

भक्तपुर । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन) र  नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतबीच भेटवार्ता भएको छ । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ स्थित पूर्व मन्त्री बस्नेतको निवासमा उनीहरुको भेटर्वार्ता भएको हो । 

 भेटमा  भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, वातावरण प्रदुषण नियन्त्रणलगायत विभिन्न १५ विषयमा केन्द्रीत रही कुराकानी भएको जनाइएको छ ।   निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास निर्माण कार्यमा सहकार्य आवश्यक रहेको र सोही बमोजिम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

नगरप्रमुख बालेनले भक्तपुरमा अनुकरणीय विकास निर्माणको कार्य भएको र सोलाई उदाहरणीय कार्यको रुपमा लिन सक्ने बताए । उनले अन्य विकास तथा निर्माण कार्यको लागि सहकार्य गर्न आफू सधैं तयार रहेको बताए । 

पूर्वमन्त्री बस्नेतले भक्तपुरमा भएको विकास निर्माण कार्य काठमाडौंका लागि मात्रै नभई मुलुकभरको लागि उदारहणीय रहेको दावी गरे । उनले जनताको माग र आवश्यकतालाई जनपक्षीय रुपमा समाधान गर्न जोड दिए ।