close

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं। नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन्। 

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन्। 

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।