close

वडा सचिवको मृत्यु

Trulli
ADVERTISEMENT

जाजरकोट ।  
नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा बुधबार बिहान उनको मृत्युु भएको हो । 

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए । निरन्तर ज्वरो आउने र  श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन् । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।