close

अमेरिकी सेना एसिया–प्रशान्त क्षेत्रका प्रमुख फ्लिनले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

अमेरिकी सेना एसिया–प्रशान्त क्षेत्रका प्रमुख फ्लिनले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

Trulli
ADVERTISEMENT

काठमाडौं । संयुक्त राज्य अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए फ्लिनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

बिहीबार चारदिने नेपाल भ्रमणमा आएका  फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । 

भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो । 

प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पुर्यातइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।