close

संघीयताको जग बसाल्न स्थानीय सरकार अपरिहार्य : सामान्य प्रशासनमन्त्री श्रेष्ठ

संघीयताको जग बसाल्न स्थानीय सरकार अपरिहार्य : सामान्य प्रशासनमन्त्री श्रेष्ठ

Trulli
ADVERTISEMENT

रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको जग बलियो बनाउन स्थानीय सरकार अपरिहार्य भएको बताएका छन् । 

लुम्बिनी प्रदेश सरकारद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि स्थानीय सरकार सञ्चालन तथा विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

अभिमुखी कार्यक्रमले संघीयताको कार्यान्वयन र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री राजेन्द्र श्रेष्ठले बताए । 

काम गर्ने दौरानमा काम गर्न सहज र प्रस्फुटन हुन सकोस् भनेर प्रशिक्षण कार्यक्रम गरिएको बताउँदै उनले भने, ‘पाँच वर्षको कार्यकालका लागि दिग्दर्शन हुन तीन तहको सहकार्य, समन्वय र सहअस्तित्व अनिवार्य छ । संघीयताको जग बलियो बनाउन स्थानीय सरकार अपरिहार्य छ ।’

अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका नवनिर्वाचित १०९ स्थानीय तहका जनप्रतिनिधिको सहभागिता छ । स्थानीय सरकार सञ्चालन तथा विकासमा सहयोग पुग्ने गरी विषयगत प्रशिक्षार्थीले प्रशिक्षण दिने  प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।