close

लोकसेवालाई सरकार नियन्त्रित सस्थाको रूपमा रुपान्तरण गर्न खोजिँदैछ, त्यसो नगरियोस् : सांसद गौतम

लोकसेवा आयोगले खर्च गर्दा अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने प्रावधान घातक

लोकसेवालाई सरकार नियन्त्रित सस्थाको रूपमा रुपान्तरण गर्न खोजिँदैछ, त्यसो नगरियोस् : सांसद गौतम

लोकसेवा आयोगले खर्च गर्दा अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने प्रावधान घातक

Trulli
ADVERTISEMENT

काठमाडौं । सञ्जय कुमार गौतमले संवैधानिक निकायले खर्च गर्दा अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने प्रावधान घातक भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘सरकार आउने जाने गर्छ ।कहिले को हुन्छ, कहिले को हुन्छ । संवैधानिक आयोगलाई सरकार नियन्त्रित आयोगको रुपमा बिस्तारै रूपान्तरित गर्न खोजिँदै छ कि भन्ने हाम्रो जिकिर हो । र, त्यो खालको प्रावधान हटाउनुपर्छ ।’  

लोक सेवा आयोगमाथि अहिलेसम्म कैले पनि औँला उठाउन नसकेको बताउँदै औँला उठाउने वातावरण पनि बनाउन नहुने बताए । 
उनले भने, ‘यो सुन्दरतालाई बिग्रिन पनि दिनुहुँदैन ।’

लोकसेवा विधेयकमा संशोधनमा राज्य नियन्त्रित आयोगको रुपमा रुपान्तरण गर्न खोजिएको भन्ने फ्लेवर आएकोसमेत उनले बताए ।

उनले आयोगले एक्सपोर्टलाई हायर गर्ने राइट कानुनले लोकसेवा आयोगलाई दिएको बताउँदै उनले भने, ‘एक्सपोर्ट हायर गर्दा उसले पारिश्रमिक दिनुपर्छ । चाहे त्यो प्रश्नपत्र बनाउँदा होस् वा अन्य कुनै पनि काम गर्दा नेपाल सरकारसँग सोध्नुपर्ने कुराबाट उन्मुक्ति दिनुपर्छ ।’